उक्त सूचना लगत्तै देशभरका अन्तराष्ट्रिय विमानस्थल, प्रहरी कार्यालयहरु र सीमा नाकाहरुमा सर्तकता अपनाइएको छ ।
कुनै संदिग्ध अभियुक्त देश छोडेर भाग्न सक्ने आशंका लागेमा सम्वन्धित सरकारी निकायले त्यसरी सूचना जारी गर्ने गर्छन् ।
भारतका सबैभन्दा धनी मुकेश अम्बानीका भाई तथा रिलायन्स ग्रुपका अध्यक्ष अनिल विरुद्ध ३० अर्ब भारतीय रुपैयाँ अपचलनको विषयमा उजुरी परेपछि ईडीले छानबिन शुरु गरेको थियो । त्यसक्रममा उनका कैंयौं उद्योग र व्यवसायीक फार्महरुमा छापा मारिएको थियो भने मंगलबार बयानको लागि बोलाइएको थियो ।
बिहान ११ बजेबाट शुरु भएको बयान राती ९ बजेसम्म चलेको थियो । उक्त बयान लगत्तै ‘लुक आउट नोटिस’ जारी भएकोले ईडी अम्बानीको बयानबाट सन्तुष्ट नभएको बरु पक्राउ पर्न सक्ने डरले विदेश भाग्न सक्ने अनुमान गरेको भारतीय संचारमाध्यहरुले उल्लेख गरेका छन् ।