‘फोटो टाँस्न मात्रै मुख्यमन्त्री भएको होइन'

Aug 07, 2025 05:36 PM Merolagani



वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफू पदको लागि र फोटो टाँस्नको लागी मात्रै मुख्यमन्त्री नभएको बताएका छन् । नेपाल किसान महासंघ वागमती प्रदेशको प्रथम अधिवेशनलाई बिहीवार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।

पारर्दशी, उत्तरददायी र जनताप्रतिको जिम्मेवारी भएर काम गर्ने लक्ष्यसहित आफू मुख्यमन्त्री भएको उनको भनाई छ । अरु मुख्यमन्त्रीले के गरे गरेनन् भन्दा पनि आफूले काम गरेर देखाउने उनले बताए । उनले आफुले मुख्यमन्त्री भएपछि पहिलो निर्णय नै प्रदेशभित्र रहेका गरिब विपन्नहरुको पक्षमा हुनेगरी गरेको जानकारी दिए । गरिब, विपन्न, सिमान्तकृत, दलित, चेपाङ, जिरेल, भोटे, बनकरियाहरुमध्येका छोराछोरीहरुलाई प्रदेश सरकारले २/२ वटा मेडिकल डाक्टर, आयुर्वेद डाक्टर र पशु चिकित्सक डाक्टर गरी ६ जनाललाई छात्रवृत्तिमा डाक्टर पढाउने बताए। प्रदेश सरकारले गरिवका १० वटी छोरीहरुलाई नर्र्स पढाउने निर्णय पनि गरिसके उनले जानकारी दिए ।

उनले भने, ‘पारर्दशी, उत्तरददायी, जिम्मेवारी र जनताप्रतिको जिम्मेवारी भएर काम गर्ने लक्ष्य सहित म मुख्यमन्त्री भएको हो । पदको लागि, फोटो टाँस्न म मुख्यमन्त्री भएको होइन । त्यसकारणले मैले पहिले नै सन्देश चाहिँ दिइसकेको छु, अहिलेसम्म अरु मुख्यमन्त्रीले के गरे गरेनन्, तपाईहरु नी हेर्नुहोला । मैले पहिलो निर्णय नै वागमती प्रदेशभित्र रहेका गरिब, विपन्न, सिमान्तकृत, दलित, चेपाङ, जिरेल, भोटे, बनकरियाहरु मध्येका छोराछोरीहरुलाई अहिले २ वटा मेडिकल डाक्टर, २ वटा आयुर्वेद डाक्टर, २ वटा पशु चिकित्सक डाक्टर गरी ६ वटा डाक्टर प्रदेश सरकारले पढाउने निर्णय गरे । र १० वटी गरिबका छोरीहरुलाई नर्स पढाउने निर्णय गरिसके । अर्काे कुरा म आफैँले पाउने सेवा सुविधा, मुख्यमन्त्रीको हैसियतले पाउने सुविद्या म लिन्न ।’

बानियाँले आफूले मुख्यमन्त्रीको हैसियतले पाउने तलवभत्ता लगायतका सुविद्या पनि नदिने बताए। आफूले पाउने तलबभत्ता आफ्नो निर्वाचन क्षेत्र लगायतका गरिब, निमुखा जनताको पक्षमा काम गर्नको लागी दिने जानकारी दिए ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।