सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड ७ र ग्यालेक्सी जेड फ्लिप ७ को प्रि–अर्डरसाउन २२ देखि २९ गतेसम्म खुला रहने घोषणा गरेको छ ।

सामसङको अहिलेसम्मकै सबभन्दा पातलो र हलुका फोल्ड, ग्यालेक्सी जेड फोल्ड ७ मा अत्याधुनिक डिजाइन, २०० मेगापिक्सेल एआई इन्ह्यान्स्ड क्यामेरा र ग्यालेक्सी एआईको स्मार्ट फिचर्सहरु रहेको यसमा ठूलो डिस्प्ले, फ्लेक्स मोड, मल्टि टास्किंग र गुणस्तरिय व्याट्री रहेको बताइएको छ ।
नयाँ फोल्ड र फ्लिप दुवैमा जेमिनी लाइभ फिचर पनि रहेको यसमा क्यामेरा मार्फत कुनै पनि वस्तुलाई देखाएर न्याचुरल, संवादात्मक प्रश्न सोधी प्रयोगकर्ताले तुरुन्त जवाफ पाउन सक्ने कम्पनीले बताएको छ ।
ग्यालेक्सी जेड फ्लिप ७ अब झनै पातलो, टिकाउ, र पोर्टेबल बनेको छ ।
जेमिनी एआईको मद्दतले यात्रा वा व्यस्त दिनमा लेख्न, अनुवाद गर्न र काम मिलाउन सहज बनाउने र प्रयोगकर्ताले बनाएको स्केचलाई तुरुन्तै आकर्षक भिजुअलमा रूपान्तरण गर्न सकिने सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितको भनाइ छ ।
ग्यालेक्सी जेड फोल्ड ७ र ग्यालेक्सी जेड फ्लिप ७ को २५६ जीबी भेरियन्टहरू नेपालमा साउन २२ देखि २९, २०८२ सम्म प्रि–अर्डरका लागि उपलब्ध हुनेछन् ।
सामसङले ग्राहकलाई १ वर्षको लागि एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत एक पटक स्क्रिन ब्रेकेज इन्स्योरेन्स पनि दिनेछ। साथै, हुलास फिनसर्भ हाईर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्सको माध्यमबाट, ग्राहकहरूले ०% ब्याजमा सहज किस्ताबन्दी सुविधा पनि पाउनेछन्। प्रक्रिया सरल छ, केवल नागरिकता भए पुग्छ।