Fri, Aug 08, 2025
साउन २३ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ । यस दिन सुनको मूल्य प्रतिताेला एक हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाला सुन प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात बिहीबार छापावाला सुन प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्यले गत बुधबार कायम भएको रेकर्ड आज ब्रेक गरेको हो । बिहीबारको बजारमा सुनको मूल्य स्थिर रहेको थियो । यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ। शुक्रबार चाँदी ताेलाकाे दुई हजार ३२५ रुपैयाँ खरिदबिक्री भइरहेकाे छ । बिहीबारको बजारमा चाँदी दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाला सुन प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात बिहीबार छापावाला सुन प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्यले गत बुधबार कायम भएको रेकर्ड आज ब्रेक गरेको हो । बिहीबारको बजारमा सुनको मूल्य स्थिर रहेको थियो ।
यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ। शुक्रबार चाँदी ताेलाकाे दुई हजार ३२५ रुपैयाँ खरिदबिक्री भइरहेकाे छ । बिहीबारको बजारमा चाँदी दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।
कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।