लामो समयदेखि लगानी जुट्न नसकेको अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाका लागि स्वदेशी बैंकहरुले लगानी गर्ने गरी बिहीबार सम्झौता भएको हो ।

कुल ७० अर्ब लागत अनुमान गरिएको उक्त आयोजनामा बैंक तथा वित्तीय संस्थाले ७५ प्रतिशत लगानी गर्नेछन् भने २५ प्रतिशत कम्पनीको स्वःपूँजीबाट लगानी जुटाइनेछ । उक्त आयोजना बनाउन विभिन्न ९ वटा बैंकहरुले ५२ अर्ब ५० करोड रुपैयाँ सहवित्तीकरणअन्तरगत लगानी गर्ने सम्झौता सम्पन्न भएको हाे ।
यो सँगै आयोजना निर्माणका लागि बाटो समेत खुलेको छ । बुढीगण्डकीसँगै साउन महिनामै २८५ मेगावाटको अपर तमोर र २१६ मेगावाटको अपर सेती जलविद्युत् आयोजनाका लागि समेत वित्तीय व्यवस्थापन जुटिसकेको छ ।
ती दुवै जलविद्युत् आयोजनामा समेत नेपालका वाणिज्य बैंकहरुले सहवित्तीयकरणअन्तरगत लगानी गर्नेछन् ।