शुक्रवार सार्वजनिक लेखा समितिमा भएको बेरुजुसम्बन्धिको छलफलमा भट्टराईले इभी गाडीहरुको क्षमता जाँच्ने कार्यक्षेत्र भन्सार विभागलाई नभएको बताए । उनकाअनुसार यातायात व्यवस्था विभाग अन्तर्गत क्षमता जाँच्न सकिने भएपनि अवश्यक मेसिनहरु नहुँदा प्रभावकारी हुन सकिरहेको छैन । उनकाअनुसार अहिले भन्सार विभागको बेरुजु २० अर्ब भन्दा बढी छ ।
विभागका महानिर्देशक भट्टराईले भने–‘भन्सार विभागको २० अर्ब भन्दा बढी देखिएको छ । बेरुजुका पछाडी विद्युतीय सवारी साधान (इभी) मा सरकारले लिएको प्रवर्द्धनात्मक नीतिहरु पनि देखिएका छन् भने नेपालमै एसेम्बल गर्ने गाडीमा भन्सार सुविधा दिनेबारे प्रश्न उठेको छ । अहिले विद्युतीय गाडीहरुको मोटरको क्षमतामाथि पनि प्रश्न उठेको छ । महालेखाले प्रश्न समेत उठाएको छ । हामीसँग जाँच्ने उपकरण छैन् । कार्यक्षेत्रले पनि यातायात व्यवस्था विभागलाई जिम्मेवारी दिएको छ ।’
महानिर्देशक भट्टराईले बेरुजुका पछाडी सुर्तीदेखि ग्यास बुलेटको ढुवानीसम्म जोडिएका छन् । विभागले बेरुजु फछ्र्यौटलाई कार्ययोजना बनाएर प्रभावकारी रुपमा काम गरिरहेको उनको भनाइ छ ।