चलचित्रले जाँचपास समिति (सेन्सर बोर्ड)बाट 'यूनिभर्सल सर्टिफिकेट' पाएसँगै सरोज पौडेलको निर्देशनमा तयार भएको यो फिल्म सबै उमेरका दर्शकले हेर्न पाउने भएका छन् ।
चलचित्रको टिजर, ट्रेलर तथा गीतसंगीतले दर्शकको मन जितिसकेको अवस्थामा प्रदर्शनमा आउन लागेको यो चलचित्रले व्यवसायिक सफलता हासिल गर्ने अनुमान गरिएको छ ।
महिला प्रधान चलचित्रमा सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय छ ।

प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेको फिल्मको कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायाङ्कन, नहकुल खड्काको सम्पादन रहेको फिल्ममा आशिष अविरल र रिदम कँडेलको संगीत छ ।
चलचित्रलाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय वितरण अधिकार लिएको छ । सेभेन सिजका अनुसार फिल्म नेपालसँगै अमेरिका, अस्ट्रेलिया, जापान, युके, क्यानडालगायत ४० मुलुकमा एकसाथ प्रदर्शनमा आउनेछ ।
चलचित्रको छायांकन स्याङ्जाको आधिखोला, त्रिवेणी, सिरुवारी र काठमाडौँमा छायाङ्कन भएको हो । चलचित्रको आज अपराहन्न प्रिमियर गरिदैछ भने अग्रिम बुकिङ समेत खुलिसकेको छ । किर्तिमानी चलचित्र 'पूर्ण बहादुरको सारंगी'का निर्देशक सरोज पौडेलको लेखन र निर्देशनमा बनेको चलचित्र भएकाले पनि बहुप्रतिक्षित बनेको छ ।