हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न ओरियन्टल होटलले बोलायो साधारण सभा

Sep 08, 2025 06:43 AM Merolagani



ओरियन्टल होटल्स लिमिटेड (OHL) ले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

होटलले असोज ३१ गते, शुक्रबार, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा २८ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २६.६३ प्रतिशत अर्थात हाल कायम १ कित्ता बराबर ०.२६६३ नयाँ कित्ता हकप्रद शेयर निष्काशन गर्ने, हकप्रद निष्काशनबाट प्राप्त रकम कम्पनीको परिसरको रिनोवेशन गर्नका लागि उपयोग गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालक १ जना नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ होटलले असोज २ गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।