प्रि ओपन सेसन अपडेटः करिब साढे १ अंक घट्यो नेप्से

Sep 08, 2025 10:54 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ११.५२ अंक घटेर २७०८.२५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.२२ अंक घटेर २७०७.०२ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१३ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा ३८ स्टकको ८० पटकको कारोबारमा ३ करोड ७२ लाख ५७ हजार ४९४ रुपैयाँ ३० पैसाबराबरको ६६ हजार ९०७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने २६ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।