गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी ३९ करोड ३९ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ४४ करोड ८० लाख रुपैयाँ नोक्सानीमा थियो।
विद्युत बिक्री आम्दानी घटेपनि वित्तीय खर्च घट्दा नोक्सानी घट्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ८४ करोड ३९ लाख रुपैयाँबाट घटेर ८२ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ७६ करोड २९ लाख रुपैयाँबाट घटेर ५६ करोड ५२ लाख रुपैयाँमा झरेको छ। जसका कारण कम्पनीको नोक्सानी घट्न पुगेको हो।
३ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ९२ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ७४ रुपैयाँ ६१ पैसा रहेको छ।