कस्ताे रहला आजको मौसम?

Nov 03, 2025 08:58 AM Merolagani



हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

 कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, आज राती कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने विभागकाे पूर्वानुमान छ। कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।