सन् २०२५ नोभेम्बर १० मा डोङफेङले आधिकारीक रुपमा इटीटी००७ मोडेलको परिष्कृत इभी संस्करण सार्वजनिक गरेको हो । जसमा तीनवटा भेरियन्टमा उपलव्ध गाडीको आधिकारी गाइड मूल्य समेत तोकिएको छ ।
कम्पनीका अनुसार लन्च भएको इभी गाडीको मूल्य १४४९०० देखि १५४९०० युआन वा २०,३०० देखि २१,७०० यूएस डलर रुपैयाँ पर्नेछ । यसका विगतका मोडेलको तुलनामा इटीटी ००७ मा सबैभन्दा उल्लेखनीय सुधारहरुमा गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले दुई नयाँ बाहिरी रंग विकल्पहरुमा पनि प्रस्तुत गरेको छ । जसको कलर स्काई ग्रे र हार्बर ब्लू रहेका छन् । डोङफेङले आफ्नो प्रडक्ट इटीटी ००७ सेडानलाई चार इन ह्रवील मोटरका रुपमा परिभाषित गरेको छ । त्यस्तै, उसले चार इन ह्रवील मोटरहरुले सुसज्जित रहेको चीनको यो पहिलो मास ट्रान्सपोर्टेसन हुने अपेक्षा गरेको छ ।
नयाँ मोडेलमा लन्च भएको यस इभीको लम्बाइ ४८८० मिलिमिटर, चौडाइ १९१५ मिलिमिटर र उचाइ १४७६ मिलिमिटर रहेको छ । जसको ह्रीलबेस भने २९१५ मिलिमिटर रहेको छ । यसको सबैभन्दा महत्वपूर्ण नविन विशेषता भनेको यसको पावरट्रेनमा छ । चार स्वतन्त्र इन ह्रवील मोटरहरु रहेको र यसमा प्रत्येकले १०० किलोवाट पावर उत्पादन गर्नेछन । यो सांघाइ अटोमोबाइल इलेक्ट्रिक ड्राइभ कम्पनीद्धारा निर्माण गरिएको हो ।
यो इभी गाडीले ४०० किलोवाटको कुल पावर आउटपुट प्रदान गर्न सक्षम रहेको कम्पनीले जनाएको छ । लन्च गरिएको इटीटी ००७ सेडान संस्करणको बाहिरी डिजाइनमा धेरै हदसम्म अपरिवर्तीत रहेको छ । चिल्लो र टेक अर्वार्ड उपस्थितिको साथ फास्टब्याक सिल्हुट रहेको छ ।
अगाडी फेसियाले तिखो र साँघुरो हेडलाइटहरु र न्यूनतम डबल टी लोगो समावेश गरिएको छ । त्यस्तै, पछाडिको भागमा एलइडी लाइटसहित पानोरामिक गिलासको छानालाई पूर्णरुपमा आकर्षक रुपमा सजाइएको छ ।