रिभर फल्सको अवितरित हकप्रद शेयर खरिदका लागि आजदेखि बोलपत्र पेश गर्न सकिने

Nov 12, 2025 08:39 AM Merolagani



रिभर फल्स पावर लिमिटेड (RFPL) ले आज (कात्तिक २६ गते) देखि अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्दैछ। कम्पनीले गत भदौ २३ गतेदेखि असोज २६ गतेसम्म निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको हो।

कम्पनीले १० लाख ३८ हजार ९२४ कित्ता शेयर खरिदका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो। सो शेयर खरिदका लागि मंसिर ३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ प्रतिकित्ता तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्ने भने अधिकतममा नियामक निकायले तोकेको प्रतिव्यक्ति–संस्था सीमाको अधिमा रहने गरी माग अनुसारको कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका विराटनगर, हेटौँडा, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन्।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।