आउँदो डिसेम्बर १० मा लन्च हुँदैछ किया सेल्टोस एसयूभी, यस्तो छ मूल्य र विशेषता

Nov 14, 2025 02:24 PM merolagani



आउँदो पुस्ताका लागि निकै लोकप्रिय मानिएको किया सेल्टोस गाडी आगामी २०२५ डिसेम्बरको दोस्रो सातासम्म आधिकारीक रुपमा लन्च हुने भएको छ । 

गाडी निमार्ता कम्पनीका अनुसार उक्त एसयूभीको भित्र र बाहिर उल्लेखनीय अपग्रेड भइ आएको छ ।

उक्त एसयूभी बलियो इन्जिन सेटअपमा निर्माण भएको छ । जसको १.५ लिटर डिजेल भेरियन्ट, ६–स्पीड म्यानुअल र स्वचालित ट्रान्समिसनसँगै नयाँ ७–स्पीड स्वचालित गियरबक्यसमेत समावेश हुनेछन् । त्यस्तै, यसमा वर्टिकल एलइडी डिआरएल र फ्रन्ट ग्रिलसहित आकर्षक इन्टेरियरमा सुसज्जित हुनेछ ।

केही मिडिया रिपोर्टका अनुसार, किया सेल्टोस एसयूभी आगामी डिसेम्बर १० मा कोरियामा एक कार्यक्रमकाबीच लन्च हुनेछ । लन्च हुनासाथ यो गाडी भारतसहितका विभिन्न मुलुकमा बिक्रिका लागि उपलव्ध गराइनेछ ।

 

यसमा छ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक, र ३६० डिग्री क्यामेरामा यो एसयूभी उपलव्ध हुनेछ ।

न्यू जेनेरेसको किया सेल्टोसको सुरुवाती भारतीय रुपैयाँ मूल्य ११ लाख ३० हजार देखि सुरु भएर २२ लाखसम्मको भेरियन्टमा उपलव्ध हुने अपेक्षा गरिएको छ । यो एसयूभी लन्च भएपछि खासगरी, मारुती, सुजुकी, ग्रान्ड भितारा, मारुती सुजुकी भिक्टोरीज, हुन्डाइ क्रेटा, टायोटा अर्बन क्रुजर हाइरिडर र होन्डा इलेभेट्सलगायतका गाडीहरु प्रतिष्पर्धा गर्नेछ ।