चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ३१ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.४३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३० करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको आम्दानी सामान्य बढेपनि खर्च घटेका कारण खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी १८.८७ प्रतिशत घटेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी ९.१३ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी ३.९० प्रतिशत बढेको छ भने कुल खर्च २४.२३ प्रतिशत घटेको छ।
नाफा सामान्य बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने समीक्षा अवधिमा सामान्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४८ पैसा घटेर १९ रुपैयाँ ४० पैसामा सीमित भएको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कम्पनीको प्रतिशेयर आम्दानी घट्न पुगेको हो। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ८ पैसा रहेको छ।
६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २० अर्ब २४ करोड ८८ लाख रुपैयाँ सञ्चित छ।
