यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेर बन्द भएको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स १०.६४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.८८ अंक घटेको छ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ६ अर्ब १० करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब ८ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३३.१४ प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ४०.२६ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ०.८६ प्रतिशत घटेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण साढे १ प्रतिशतभन्दा बढी घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ४५ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ७२ करोड रुपैयाँ घटेर ४२ खर्ब ७३ अर्ब रुपैयाँमा सीमित भएको छ।

यस साता १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक १.०८ प्रतिशत बढेको हो। गत साता ६२५३.८६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ६७.८३ अंक बढेर ६३२१.६९ विन्दुमा पुगेको छ।
कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस साता सर्वाधिक ४.९६ प्रतिशत घटेको छ। गत साता २३८१.३७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ११८.१८ अंक घटेर २२६३.१९ विन्दुमा झरेको छ। अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २८७.९४ अंक घटेको छ।

यस साता ७ कम्पनीको ५ करोड ३ लाख ३७ हजार ५५० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता झापा इनर्जी, बुङ्गल हाइड्रो, बन्दीपुर केबलकार एण्ड टुरिजम र स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आईपीओ नेप्सेमा सूचीकृत भएको हो भने बरुण हाइड्रोपावरको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो। त्यस्तै, यस साता शाइन रेसुङ्गा डिबेञ्चर र ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ पनि नेप्सेमा सूचीकृत भएको हो।

यस साता माबिलुङ्ग इनर्जीको शेयरमूल्य सर्वाधिक ३४.३३ प्रतिशत बढेको छ। गत साता ४२२ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर यस साता ५६७ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य साढे २६ प्रतिशत बढेको छ भने दरमखोला हाइड्रो इनर्जीको शेयरमूल्य २६ प्रतिशतभन्दा बढी बढेको छ। यस साता उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक २१.८५ प्रतिशत घटेको छ। त्यस्तै, यस साता विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतभन्दा बढी घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता शाइन रेसुङ्गा डिबेञ्चर, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, युनाइटेड मोदी हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने अभियान लघुवित्त वित्तीय संस्था, सानिमा बैंक, माउन्टेन इनर्जी नेपाल लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

