
यो गाडीहरु फ्लागशीप मोडेलहरुमा नयाँ १.५ लिटर टीजीडीआई(टर्बोचाज्र्ड, डाइरेक्ट इन्जिन) पेट्रोल इन्जिनमार्फत शक्ति प्रदान गर्नेछ । भारतमा सन् २०२३ मा नै अटो एक्स्पोमा प्रदर्शनमा राखिएको यो मोटरले ५००० आरएमपीमा १७० पीएसको अधिकतम पावर र २८० एनएम टर्क प्रदान गर्नेछ । यो इथानोल मिश्रित पेट्रोलबाट चल्ने एसयूभी हो ।
हल्का तौल भएको र आल्मुनियमबाट निर्मित यो मोटरले सुधारिएको इन्जिन क्षमता प्रदान गर्दछ । यो वाटर कुल्ड भेरियलबल भल्भ टाइमिङ, मोनिफोल्डजस्ता मिश्रित उन्नत प्रविधिबाट निर्मित एसयूभी हो । यसमा म्यानुअल र स्वचालित दुवै गियरबक्स विकल्पहरु उपलव्ध हुनेछन् ।
टाटा ह्यारिएर एसयूभी डिजेलको तुलनामा बढी किफायती हुने अपेक्षा गरिएको छ । हाल ह्यारियर डिजेल एसयूभीको मूल्य १४ लाख देखि २५.२५ लाख भारतीय रुपैयाँमा उपलव्ध छ । त्यस्तै, सफारी डिजेल एसयूभीको मूल्य १४.६६ लाख देखि २५.९६ लाख भारतीय रुपैयाँसम्ममा उपलव्ध छन् ।
तर, सार्वजनिक हुन लागेको टाटा ह्यारियरको मूल्य १४ लाख देखि २२ लाख भातीय रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ ।