बजार निरन्तर घट्नु, लगानीको वातावरण नबन्नु, भएको लगानी पलायन हुने डर देखिएको छ । अर्थतन्त्रमा सुधार हुन सकेको छैन । भएको पूँजी परिचालन गर्न नसक्दा समस्या उत्पन्न भएको छ । यस्तो अवस्थामा मुलुकमा देखिएको राजनीतिक अस्थिरताले शेयर बजारलाई थप चपेटामा पारेको छ ।
शेयर बजारमा लगानी गर्नेहरुकाे दिनप्रति सम्पत्ति ह्रास भएको छ । आफ्नो लगानी आए बजारबाट बाहिरिने मनस्थिती बनाएको अवस्था छ । शेयर बजारमा सबै डराएको बेला लगानी बढाउनु पर्छ ।
अहिलेको न्यून विन्दुमा नेप्से सूचक झरेको अवस्थामा छ । राम्रा कम्पनीको छनोट गर्न सके घरबारी बेचेर शेयर बजारमा लगानी गर्ने समय भएको बताउँछन् लगानीकर्ता स्याम चालिसे । तीनै चालिसेसँग सुधा देवकोटाले गरेको कुराकानीः
अन्तराष्ट्रिय बजार बढेको छ तर नेपालको शेयर बजार घटेको छ । आज अन्तरष्ट्रिय बजारमा कसरी कारोबार हुन्छ र नेपालमा कसरी कारोबार भएको छ ?
अन्तराष्ट्रिय बजारसँग तुलना गर्न नेपालको बजार सानो छ । मैले धेरै यूएस स्टकएक्सचेञ्ज (नेसी) मा बढी कारोबार गरेको हुन्छु । त्यहाको बजार धेरै ठूलो छ । नेपालको बजारसँग तुलना गर्न मिल्दैन । अमेरिकन बजार धरै पुरानो हो । नेपालको बजारको दायरा सानो छ । स्थापना भएको धेरै पनि भएको छैन ।
यसमा भन्नु पर्दा अहिले अन्तराष्ट्रिय बजार बढ्दो अवस्थामा छ । नेपालको बजार बढ्न सकिरहेको छैन । नेपालको बजार बढ्न नसक्नुको प्रमुख कारण आत्मविश्वास नै हो । बजारमा लगानीकर्ताको आवद्धता बढ्छ तब सूचकले सकारात्मक गति लिने हो । नेपाको आर्थतन्त्रको आकारले पनि सानो छ । नेपालमा मल्टिनेशनल कम्पनीहरु आएर कारोबार गर्ने अवस्था छैन । नेपालमा स्थापना भएका कम्पनीहरुलाई पनि सञ्चालन हुन धेरै सकस छ । यहाको नीतिगत व्यवस्था र राजनीतिक अवस्थाले आर्थिक गतिविधी चलायमान हुन सकिरहेको छैन । यसको प्रत्यक्ष असर स्टक मार्केटमा परेको छ त्यसैले पनि बजार बढ्न सकेको छैन ।
नेप्से नीतिगत व्यवस्था, राजनीति र आर्थिक गतिविधिहरुले धेरै प्रभावित हुने गरेको पाइन्छ । बिभिन्न हल्लाका कारण प्रभावित हुने गरेको छ । यस्ता कारणले अन्तराष्ट्रिय बजार प्रभावित हुन्छ वा हुँदैन ?
अमेरिकाको बजारमा पनि उतार चढाव धेरै भएको हुन्छ । करेक्सन हुने पुनः बढ्ने क्रम हुन्छ । नेपालको बजार पनि अहिले करेक्सन भइराखेको छ । यसमा प्रमुख कारण राजनीति र आर्थिक हो । कुनै पनि देशको स्टक मार्केट स्थिर हुनको लागि आर्थिक गतिविधि चलायमान हुन जरुरी हुन्छ । सबै नागरिक स्वरोजगार हुने र आम्दानी बढ्यो भने बजारमा डिमाण्ड बढ्न थाल्छ । त्यस्तो हुनको लागि आर्थिक सुधार हुनैपर्छ । रोजगारीको सिर्जनाले अर्थतन्त्र आकार बढ्नुका साथै लगानीकर्ताको लगानीको क्षमता पनि बढेको हुन्छ । नेपालको प्रमुख समस्या नै बेरोजगारी हो ।
अर्को नेपालमा उद्योगधन्दामा लगानी गर्नै डराएका हुन्छन् । नेपालको राजनीतिक अवस्थाले पनि त्यसमा ठूलो भूमिका निर्वाह गरेको हुन्छ । नेपालमा नेपालीहरुले लगानी गर्न डराउनु पर्ने परिस्थिती बनेको छ । यसले नेपालको बजारको विकास हुन सकेको छैन । अन्तराष्ट्रिय बजारमा यस्तो हुँदैन । सरकारले लगानीका लागि राम्रो वातावरण निर्माण गरेको हुन्छ । त्यसैले युएस बजारमा स्टकको डिमाण्ड धेरै छ । अवसरहरु धेरै छन् । यस्तो कुराको प्रभाव पर्यो भनेपनि लामो समयसम्म असर गर्दैन ।
बजार निरन्तर घट्दा बजार कमाउने भन्दा गुमाउने क्षेत्र जस्तो भाष्य विकास भएको छ । यस्तो शेयर बजारमा लगानी किन गर्ने ? बजारमा लगानी गर्दा के कस्ता कुरामा ध्यान दिनुपर्छ जस्ताे लाग्छ तपाईलाई ?
बजारमा लगानीकर्ताको विश्वास बढाउन सक्ने कुरालाई प्राथमिकता दिएको हो । अर्थतन्त्रको प्रमुख सूचकको रुपमा पनि शेयर बजालाई लिइन्छ । राजनीतिक स्थायित्व भएमा आर्थिक गतिविधि बढ्ने र बजारमा पनि राम्रो सम्भावना रहने कुरालाई जोड दिइएको हो । लगानीको लागि उपयुक्त क्षेत्र नै स्टक मार्केट हो । बजार हामीले सोचे जस्तो नराम्रो छैन । केही समय अघि कतै गरिएको अनुसन्धानात्मक तथ्यांक हेरेको थिए । विश्वमा नेपाल राम्रो प्रतिफल वितरण गर्ने देशमा पर्छ ।
शेयर बजारमा दीर्घकालीन सोच बनाएर कारोबार गर्नेले राम्रो प्रतिफल प्राप्त गरेका छन् । लामो अवधिको योजना बनाएर गरिने लगानीबाट जोखिम कम हुन्छ, प्रतिफल बढी हुन्छ । हरेक व्यक्ति पैसा कमाउन चाहेको हुन्छ । त्यसको लागि उपयुक्त क्षेत्र भनेको नै स्टक मार्केट हो । अर्को रियल स्टेट हो । स्टक मार्केट जस्तो रियल स्टेट सहज छैन । स्टक मार्केटमा एक पटक लगानी गरे दीगो प्रतिफल प्राप्त गर्ने सकिन्छ ।
निरन्तर घटेको बजारबाट धेरै नोक्सानीमा छन् । यस्तो बजारलाई तपाई शान्तिपूर्ण लगानी क्षेत्र भन्नु हुन्छ । शेयर बजारको लगानीबाट कसरी शान्ति हुन सकिन्छ ? त्यसको कुनै सुत्र छ ?
सबै भन्दा पहिले स्टक मार्केटको विषयमा राम्रो जानकारी राख्नु पर्छ । बजारमा पैसा कसरी बन्छ भन्ने कुरा नबुझी लगानी गरिनु बेकार छ । शेयर बजार जान्नेहरुका लागि मात्रै हो। बजारको विषयमा राम्रो जानकार भएन भने कसरी लगानी स्वाह भयो भन्ने थाहै नपाई सकिन्छ । क्यासिनोबाट भन्दा छिटो गुमाउने सम्भावना हुन्छ ।
स्टक मार्केटमा दीर्घकालीन लगानीमा पैसा छ । आजको भोलि कमाउन खोज्नु भएको छ भने स्टक मार्केटले प्यारलाईज गराउँछ । हामीले दुई वर्ष भन्दा बढीको योजना बनाएर लगानी गर्न सकियो भने मात्रै कमाई हुने हो ।
वास्तवमा नेप्सेमा लगानी गर्ने अहिले जति उपयुक्त समय कहिले आएको थिएन । सबै कम्पनीको मूल्य घटेर न्यून विन्दुमा छ । सबै घर जग्गा नै बिक्री गरेर नेपालको शेयर बजारमा लगानी गर्ने थिए । राम्रा कम्पनीको मूल्य न्यून विन्दुमा झरेको छ । बजारबाट कमाउन इच्छा भएकाले अहिले लगानी गर्नुपर्छ । बजार बुझेर लगानी गर्ने लगानीकर्ता कहिले हतास हुनु हुँदैन् ।
तपाईले दीर्घकालीन योजना सहित लगानी गर्न सुझाउनु भएको छ । तर दीगो लगानीकर्ता हात खाली भएर बस्नु परेको छ भने सर्ट कारोबारी बढेका छन् । बजारमा त्यस्तै लगानीकर्ताको सकृयता छ । यसमा के भन्नु हुन्छ ?
स्टक मार्केटमा लगानीकर्ताको मनोभावनाले धेरै ठूलो प्रभाव पारेको हुन्छ । घटेको बजारमा लगानीकर्ताको मनोभावना कमजोर हुन्छ । राम्रा कम्पनीमा लगानी गर्न पनि लगानीकर्ताहरु डराउने गरेका हुन्छन । स्टक मार्केटमा ट्रेडिङ पनि नराम्रो होइन । लगानीको २० प्रतिशत पूँजी ट्रेडिङमा पनि लगाउनु पर्छ । यस्तो गर्दा बजार बुझ्न र जान्नको लागि मौका मिल्छ । तर ट्रेडिङमा प्रोर्फिटेवल हुन धेरै समय लाग्छ । सुरुमा राम्रो भएको जस्तो देखिएपनि दीगो लगानीबाटै कमाई हुन्छ ।
नेप्सेबाट पैसा बनाउने फर्मुला बाँकी भिडियोमाः