नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला २ लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात बिहीबारको बजारमा प्रतितोला २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, यस दिन चाँदीको मूल्य तोलामा ८५ रुपैयाँ घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला ३ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो ।
