चीनको अल्ताईमा हिउँमा रमाउँदै पर्यटक

Nov 21, 2025 11:02 AM merolagani



उत्तरपश्चिम चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रअन्तर्गत पर्ने विश्वप्रसिद्ध स्की गन्तव्य अल्ताईमा २०२५–२०२६ को हिउँ मौसम शुरु भएको छ । ४५ देखि ४७ डिग्री उत्तरी अक्षांशमा अवस्थित यो क्षेत्रलाई “हिउँको स्वर्ग” भनिन्छ ।

यहाँ हरेक वर्ष औसत १७० देखि १८० दिनसम्म हिउँ परिरहने हुनाले लामो र गुणस्तरीय पाउडर स्नोको मजा लिन सकिन्छ । अल्ताईको जेरेसाटी, हेमु र कनास क्षेत्रका स्की रिसोर्टहरूमा नयाँ सिजनको स्वागतमा विशेष समारोह आयोजना गरिएको थियो ।

यो सिजनमा चीनभरि तथा विदेशी पर्यटकहरूको उल्लेख्य आगमन हुने अपेक्षा गरिएको छ। विशेषगरी दक्षिण कोरिया, रुस र मध्य एसियाली देशका स्की प्रेमीहरूको पहिलो रोजाइ बन्दै आएको अल्ताईमा यसपालि नयाँ लिफ्टहरू, थप होटल र सुधारिएको सुरक्षा व्यवस्था पनि थपिएको अधिकारीहरूले जनाएका छन् ।

अल्ताईको हिउँ विश्वकै उत्कृष्टमध्ये एक हो । हिउँ पर्यटनको यो सिजन मे महिनासम्म चल्ने अनुमान गरिएको छ । स्की तथा स्नोबोर्ड प्रेमीहरूका लागि अल्ताई फेरि एकपटक “हिउँको राजधानी” बनेको छ ।