शैक्षिक भ्रमणमा दाङबाट आएका विद्यार्थी सवार बस दुर्घटना, ११ घाइते

Nov 21, 2025 11:20 AM Merolagani



पाल्पामा विद्यार्थी बोकेको बस शुक्रबार (मंसिर ५) बिहान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । शैक्षिक भ्रमणमा दाङबाट आएका विद्यार्थी रानीमहल जाने क्रममा दुर्घटनामा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी होमप्रकाश चौधरीका अनुसार, घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्‍याइएको छ । उनीहरूको अवस्था सामान्य छ । रासस