भासिएकाे पुल देखाउँदै कुलमानले भने-कुनै पनि हालतमा त्यो पुल बन्नुपर्छ

Nov 21, 2025 11:37 AM merolagani



भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले जनकपुरधामस्थित निर्माणाधिन रामजानकी रंगशालाको निरिक्षण गरेका छन्। शुक्रवार बिहानै मन्त्रीद्वय घिसिङ र गुप्ताले रंगशाला पुगेर निरिक्षण गरेका हुन्।

उनीहरुले रंगशाला निर्माणको कार्य रोकिनुको कारण, खेल मैदानको अवस्था लगायतका विषयमा जानकारी लिएका छन् । यसका साथै मन्त्रीहरु घिसिङ र गुप्ताले भासिएको कमला पुलको समेत निरिक्षण गरे । मन्त्री घिसिङले भासिएको कमला पुलको विषयमा छिट्टै नै निर्णय लिने जानकारी दिए । कमला पुलको विषयमा सञ्चारकर्मीको प्रश्नमा उनले आफूले परिस्थिति बुझेर निर्णय गर्ने बताए ।

कमला पुल बन्नुपर्ने पक्षमा आफूहरु रहेको बताए । उनले भने, ‘त्यहाँको वास्तविकता बुझेर हामी थप काम अघि बढाउँछौँ । हामी के गर्ने भन्नेकुरा डिसिजन गर्छौं । तत्काल बनाएर अघि बढ्ने वा त्यसको सबैकुरा सबै पक्ष हेर्नुपर्छ । अघि बढ्छौँ । कुनैपनि हालतमा त्यो पुल बन्नुपर्छ ।’

रंगशाला निरिक्षणको क्रममा मधेसको खेलकुद मन्त्रालयका सचिव रञ्जित यादव, जिल्ला क्रिकेट संघका पदाधिकारी, खेलाडीहरुले त्यहाँको वस्तुस्थितिको विषयमा जानकारी गराए ।