जेनजी समूह र एमाले युथ भोलेन्टियर्स फोर्सबीच हुन सक्ने खतरालाई मध्यनजर गरेर ठूलो संख्यामा प्रहरी परिचालन

Nov 21, 2025 12:37 PM merolagani



माईतीघर मण्डलामा जेनजी समूहले धर्ना दिएको छ । शुक्रवार जेनजी घाईते समूहले काठमाडौंको माईतीघर भण्डला पुगेर धर्ना दिएका हुन् । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा उनीहरु घाइते भएका थिए ।

 

आज नै नेकपा एमालेले युथ भोलेन्टियर्स फोर्सको प्रदर्शन गरेको छ । दुवै समूह आपसमा भेट हुँदा हुनसक्ने सम्भावित खतरालाई मध्यनजर गरेर सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।