नेकपा एमालेको नेशनल भोलेन्टियर फोर्सले काठमाडौंमा प्रदर्शन गरेको छ । शुक्रवार मध्यान्ह फोर्सले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेको हो । फोर्सले काठमाडौंको सामाखुशी र ललितपुरको जावलाखेलबाट र्याली शुरु गरी बबरमहल, माईतीघर हुँदै बानेश्वरसम्म मार्च पास गरी प्रदर्शन गरेको छ ।