ग्यालेक्सी ट्याब ए११ मा ८.७ इन्चको ठूलो स्क्रिन रहेको छ । जसले चलचित्र, खेलकुद तथा अनलाइन कक्षाका लागि उज्यालो, स्पष्ट र आकर्षक दृश्य प्रदान गर्छ । यसमा प्रयोग गरिएको हेलियो जि–९९ प्रोसेसरले मल्छिफङसन सहज बनाउँछ । एप परिवर्तन छिटो गराउँछ र अनलाइन स्ट्रिमिङलाई ढिलाइबिना सञ्चालन गर्न सहयोग पुर्याउने कम्पनीले जनाएको छ ।
यो ट्याब हल्का, पातलो र सहज रूपमा बोक्न मिल्ने डिजाइनमा तयार गरिएको छ । ५१ सय एमएएच क्षमताको ब्याट्रीले दिनभर अवरोधरहित प्रयोगको सुविधा दिन्छ । ग्यालेक्सी इको–सिस्टमसँग जडान भएपछि स्मार्टफोनसँग जानकारी आदान–प्रदान गर्न, फाइल तुरुन्तै सेयर गर्न तथा सूचना व्यवस्थापन गर्न सजिलो हुन्छ ।
एलटिई भेरियन्टले यात्रा गर्दा पनि इन्टरनेट जडान कायम राख्छ भने वाइफाई मोडेल घर–परिवारका लागि भरपर्दो विकल्प रहेको कम्पनीले जनाएको छ ।

सामसङले ग्यालेक्सी ट्याब ए११ मा ७ वर्षसम्म अपग्रेड तथा ७ वर्ष सुरक्षा अपग्रेड दिने घोषणा गरेको छ । यसले उपकरणलाई दीर्घकालीन रूपमा सुरक्षित र प्रयोगयोग्य बनाउँछ । यस ट्याबमा सामसङ किड्स मोड, अभिभावक नियन्त्रण तथा बहु–प्रयोगकर्ता प्रोफाइलजस्ता सुविधाले परिवारका सबै सदस्यका लागि सुरक्षित डिजिटल वातावरण तयार गर्छ ।
सामसङ नेपालका एमएक्स निर्देशक प्रणय रत्न स्थापित भन्छन्, “ग्यालेक्सी ट्याब ए११ मार्फत हामी सामसङको भरपर्दो प्रदर्शन र नवप्रवर्तनलाई अझ धेरै नेपाली उपभोक्तासम्म पुर्याउँदैछौँ । हाम्रा उपकरण विद्यार्थी, युवा पेशाकर्मी तथा परिवार सबैका लागि उपलब्ध, उपयोगी र विश्वसनीय बनाउने हाम्रो लक्ष्य हो । ट्याब ए११ हाम्रो यही प्रतिबद्धताको निरन्तरता हो ।”
ग्यालेक्सी ट्याब ए११ देशभरका अधिकृत सामसङ स्टोर तथा खुद्रा विक्रेतामार्फत उपलब्ध छ ।
एलटीई भेरियन्ट ८ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य ३० हजार ९९९ रहेको कम्पनीले जनाएको छ । यस्तै वाइफाइ भेरियन्ट ४ जीबी र्याम र ६४ जीबी स्टोरेज १९ हजार ४९९ रहेको कम्पनीले जनाएको छ ।