नागरिकता खोई अभियानले मंसिर १३ गते शनिवार काठमाडौं, कमलादीस्थित स्काई वाक परिसरमा विदेशी भूमिमा बस्ने नेपाली वंशजहरूको नागरिकता निरन्तरताका विषयमा खुला छलफल आयोजना गर्ने घोषणा गरेको छ।
उक्त अभियानका संयोजक बासुदेव घिमिरेले विदेशमा बस्ने नेपालीहरूको प्रमुख मुद्दा मध्ये वंशजहरूको नागरिकता निरन्तरताका लागि आगामी दिनमा के कस्ता रणनीति अवलम्बन गर्ने भन्ने विषयमा छलफल गर्न यो खुला भेला आयोजना गरिएको जानकारी दिए।
नागरिकता खोई अभियानले विदेशमा बस्दा बाध्यतावश त्यहाँको नागरिकता लिएका नेपाली वंशजहरूको नागरिकता कायम हुनु आवश्यक रहेको विषयमा निरन्तर संघर्ष गरिरहेको छ। युवा वर्ग, राजनीतिक पार्टीका नेता तथा नागरिक समाजसँग नागरिकताको निरन्तरताका विषयमा छलफल गरिरहेको छ।