जापानका नयाँ प्रधानमन्त्री साने ताकाइचीले संसदमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा ताइवानमा चीनले हस्तक्षेप गरे त्यसलाई जापानको राष्ट्रिय सुरक्षाका लागि खतरा मानेर प्रतिकार गर्ने बताएकी थिइन ।

त्यस लगत्तै चीन आक्रोसित भएको छ र जापानी प्रधानमन्त्रीले आफ्नो देशको अस्मितामाथि आक्रमण गरेको प्रतिकृया दिएको छ । चीनले ताइवानलाई आफ्नो भू-भाग मान्दै आएको छ । साथै उसले ताइवानमा अर्काे कुनै देशको भूमिकालाई अस्वीकार गर्दै आइरहेको छ ।
चीनले उक्त भनाईको लागि जापानी प्रधानमन्त्रीले माफी माग्नु बताएको छ । साथै माफी नमागे परिणाम घातक हुने चेतावनी दिएको छ । त्यस लगत्तै चिनीयाँ विदेश मन्त्रालयले आफ्ना नागरिकहरुलाई जापान भ्रमण नगर्न अनुरोध गरेको छ । मन्त्रालयले उक्त सूचना जारी गरे लगत्तै चिनियाँ नागरिकहरुले पहिले निर्धारित जापान भ्रमण धमाधम रद्ध गरेका छन् ।
गत नोभेम्बर १५ देखि बिहीबार साँझसम्म पाँच लाख ४० हजारभन्दा बढी हवाई टिकट रद्द भएको सिसिटिभी प्लसले जानकारी दिएको छ । त्यस्तै जापानमा रहेका आफ्ना नागरिकहरुलाई तत्काल जापान छोड्न आदेश दिँदै उनीहरुलाई घर फर्कन सरकारले निशुल्क उडानहरु संचालन गरिरहेको छ । जापानमा कति चिनियाँ नागरिक छन् भन्ने कुरा यकिन नभए पनि १० लाखभन्दा बढी चिनियाँ नागरिक रहेको संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
चीनले आफ्ना युद्धपोतहरुलाई तयारी अवस्थामा राखेको र कुनै पनि बेला ताइवानमा र त्यसको प्रतिकार गरेमा जापानमाथि समेत आक्रमण गर्ने सम्भवाना देखिएको बताइएको छ ।