सुदूरपश्चिमले लगातार २ खेल जित्दा पोखरा एभेन्जर्सले भने लगातार दोस्रो हार व्यहोरेको छ । सुदूर पश्चिमाले आफ्नो पहिलो खेलमा काठमाण्डौ गोर्खाजलाई हराएको थियो ।
सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले २० ओभरमा ९ विकेट गुमाएर १७५ रन मात्र बनायो।
पोखराका लागि कप्तान कुशल भुर्तेलले २ बलमा ५३ रन, जिम्मी निशमले ४७ रन, ड्यान डाउथवैट ३७, दीनेश खरेल ६, एडम रोसिङटोन १, किरण ठगुन्ना ९, सुमीत वर्मा ६, अभिषेख तिवारी ३ रन तथा आकाश चन्द १ र विपिन खत्री ७ रनको अविजितको योगदान दिए । बलिङमा सुदूरपश्चिमका हर्मित सिंहले २, स्कट कुइगेलेइन, कप्तान दीपेन्द्रसिंह ऐरी, अभिनास बोहरा, हेमन्त धामी र नरेन भट्टले एकएक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरले २० ओभरमा ७ विकेट गुमाएर १९३ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि जोश ब्राउनले ३५ बलमा ६८ रन बनाए । विनोद भण्डारीले ४२ बलमा ४३ रन बनाए ।
पोखराका जिमी नीशमले ३ विकेट लिँदा डान डौथवेट र आकाश चन्दले २,२ विकेट लिए ।