विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो । काठमाडौं भने यसअघि दोस्रो सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । शनिबार शनिबार दोस्रो खेलमा विराटनगरले काठमाडौँलाई पाँच विकेटले पराजित गरेको हो। काठमाडौँले दिएको १३५ रनको लक्ष्य विराटनगरले पाँच विकेटको क्षतिमा १७।१ ओभरमा सजिलै सहजै पूरा गरेको हो।
शनिबारको खेलमा विराटनगरका लागि जर्ज मुन्सीले ३६ रन बनाए। त्यस्तै, मार्टिन गप्टिलले २५, नरेन भट्टले २४, बसिर अह्मदले १९ र लोकेश बमले १४ रन बनाए। काठमाडौँका लागि शहाब आलमले दुई, करण केसी, सन्तोष यादव र गेहार्ड इरसमसले एक–एक विकेट लिए।
यस अघि शनिबार नै भएको खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि ९ विकेटको सहज जित निकालेको थियो ।
त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १५७ रनको लक्ष्य कर्णालीले १२ ओभर २ बलमा मात्र एक विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
कर्णालीका लागि मार्क वाटले ११४ रनको शतकीय पारी खेले । उनले ४४ बल खेलेका उनले ६ चौका र १२ छक्का प्रहार गरेका थिए । एनपियलको जारी दोस्रो संस्करणमा यो पहिलो शतक हो ।
बिराटनगरका प्रियांकन पञ्चाल १२ रनमा आउट हुँदा विल्लियम वोसिष्टो २९ रनमा अविजित रहेका थिए । बलिङमा लुम्बिनीका लागि शेर मल्लले १ विकेट लिए ।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ४३ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४९ रन बनाएका थिए ।
रूबेन ट्रम्पलम्यानले १४ बलमा १ चौका र ३ छक्कासहित अविजित २९ रन बनाए । जोहानीस जोनाथन स्मितले २३ रन तथा डार्सी सर्टले १९ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । शेर मल्ल ७ रनमा अविजित रहेका थिए ।
बलिङमा कर्णलीका लागि नन्दन यादवले सर्वाधिक २ विकेट लिए । गुल्सन झा, मार्क वाट, विपिन खत्री र युवराज खत्रीले समान १र१ विकेट लिएका थिए ।
अब अर्को खेल सोमबार हुनेछ। सोमबार बिहान ११ः४५ बजे बिराटनगर किंग्स र जनकपुर बोल्टस् तथा अपराह्न ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।