प्रि ओपन सेसन अपडेटः २ अंक बढ्यो नेप्से

Nov 23, 2025 10:53 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २१ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ०.७९ अंक घटेर २५६०.२९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.०५ अंक बढेर २५६२.३४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६६ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ५२ स्टकको ११८ पटकको कारोबारमा २ करोड ५६ लाख ४१ हजार ९११ रुपैयाँ ४० पैसाबराबरको ५० हजार ९११ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।