प्रगतिशिल लोकतान्त्रिक पार्टीको घोषणा सभामा उनले पार्टीभित्रका मठाधीशहरुलाई धुपबत्ती गर्न छाडेर पार्टी निर्माणमा लागेको बताएका हुन् । नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टी बीचको एकता प्रक्रियाबाट बाहिरिएका नेता शर्माले प्रगतिशिल अभियान चलाएका छन् ।
उनले सामन्तवादको सियाशनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा सहभागीहरु अब नयाँ प्रक्रियामा सक्रिय भएको बताए । उनले भने, ‘सामन्तवादको सियाशनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा सहभागी हामीहरु पार्टीभित्रका मठाधिशहरुलाईलाई धुपबत्ती गर्न छाडेर प्रगतिशिल लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भएका छौँ ।’
शर्मा नेतृत्वको प्रगतिशिल राष्ट्रिय अभियान, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकता सोमवार भएको हो ।