अहिलेसम्म दश वटा बैंक, सात वटा विकास बैंक, दुई वटा फाइनान्स, १२ वटा हाइड्रोपावर, तीन वटा इन्भेष्टमेन्ट कम्पनी, पाँच वटा उत्पादनमूलक क्षेत्रका कम्पनी, पाँच वटा लघुवित्त कम्पनी र एक–एक वटा होटल र अन्य क्षेत्रको कम्पनीले लाभांश घोषणा गरेका छन्।
सधैंजसो धेरै लाभांश घोषणा गर्ने कम्पनीमा युनिलिभर नेपाल रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट १८ सय ४२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उत्पादन तथा प्रशोधन समूहबाट युनिलिभरसँगै हिमालयन डिष्टिलरी, नेपाल ल्युव आयल, सर्वोत्तम सिमेन्ट र शिवम सिमेन्टले लाभांश घोषणा गरेका छन् । हिमालयन डिष्टिलरीले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश गरी २५ प्रतिशत, नेपाल ल्युव आयलले २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद गरी २१.०५ प्रतिशत तथा शिवम सिमेन्टले २.५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी साढे १२ प्रतिशत, सर्वोत्तम सिमेन्टले ५ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश घोषणा गरेका छन्।
वाणिज्य बैंक समूहतर्फ अहिलेसम्म १० वटा बैंकले लाभांश घोषणा गरेका छन् भने कुमारी बैंकले कुनै लाभांश नदिने घोषणा गरेकाे छ । वाणिज्य बैंकमध्ये स्ट्यान्डर्ड चार्टर्ड, ग्लोबल आईएमई र सानिमा बैंकले यसपटक नगद लाभांश मात्रै दिएका छन् भने लक्ष्मी सनराइज र सिटिजन्स बैंकले कर प्रयोजनको लागि नगन्य नगद बाहेक बोनस शेयर मात्रै दिएका छन् ।
वाणिज्य बैकमा अहिलेसम्म सबैभन्दा धेरै एभरेष्ट बैंकले ६ प्रतिशत बोनस र १४ प्रतिशत नगद गरेर २० प्रतिशत लाभांश बाँडेकाे छ भने सबैभन्दा कम सिटिजन्स बैंकले ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद लाभांश गरेर कुल ५.२६ प्रतिशत लाभांश दिएकाे छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद, कृषि विकास बैंकले ३.२५ प्रतिशत बोनस र ९.७५ प्रतिशत नगद गरेर १३ प्रतिशत, लक्ष्मी सनराइज बैंकले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत गरी कुल १०.५३ प्रतिशत, सिद्धार्थ बैंकले ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत, एनएमबी बैंकले ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी १० प्रतिशत, ग्लोबल आईएमई बैंकले ८ प्रतिशत नगद, माछापुच्छे् बैंकले ४ प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी ८ प्रतिशत लाभांश घोषणा गरेका छन् ।
विकास बैंकमा मुक्तिनाथले सबैभन्दा बढी १३.५३ प्रतिशत बोनस तथा ४.६७ प्रतिशत नगद लाभांश गरेर १८.२ प्रतिशत लाभांश दिएकाे छ भने सबैभन्दा कम मितेरी डेभलपमेन्ट बैंकले १० प्रतिशत नगद लाभांश दिएकाे छ। कामना सेवा विकास बैंकले १० प्रतिशत बोनस र ५.७९ प्रतिशत नगद गरी १५.७९ प्रतिशत लाभांश, शाइन रेसुंगाले ३ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी १३ प्रतिशत, गरिमा विकास बैंकले ४ प्रतिश बोनस र ४.५३ प्रतिशत लाभांश गरी १०.५३ प्रतिशत, महालक्ष्मी विकास बैंकले ५ प्रतिशत बोनस र ५.३७ प्रतिशत नगद गरी १०.३७ प्रतिशत तथा साग्रिला विकास बैंकले ५ प्रतिशत बोनस र ५.३७ प्रतिशत नगद गरी १०.३७ प्रतिशत लाभांश घोषणा गरेका छन् ।
फाइनान्स कम्पनीमा मञ्जुश्रीले १७ प्रतिशत नगद तथा आइसीएफसीले १५.८ प्रतिशत नगद लाभांश दिएका छन् । होटल समूहमा सोल्टी होटलले मात्रै १५ प्रतिशत बोनस र १६.६ प्रतिशत नगद लाभांश गरी कुल ३१.६ प्रतिशत लाभांश दिएकाे छ भने अन्य समूहबाट मुक्तिनाथ कृषि कम्पनीले ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांश बाँडेकाे छ ।
लगानी समूहमा अहिलेसम्म सबैभन्दा बढी एनआरएनले ४० प्रतिशत बोनस र २.११ प्रतिशत नगद लाभांश गरी ४२.११ प्रतिशत लाभांश घोषणा गरेको छ भने हाथवे इन्भेष्टमेन्टले १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद गरी १२.६३ प्रतिशत तथा निफ्राले ६.३२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका छन् ।
यता लघुवित्त समूहतर्फ गुराँस लघुवित्त र साना किसान विकास लघुवित्तले १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश घोषणा गरेका छन् भने आशा लघुवित्तले ९.५ प्रतिशत बोनस र ०.५ प्रतिशत नगद लाभांश गरेर १० प्रतिशत तथा स्वावलम्बन लघुवित्तले ५.६४ प्रतिशत बोनस र ४.३६ प्रतिशत नगद लाभांश गरेर १० प्रतिशत लाभांश बाँडेका छन् । त्यस्तै आरएसडीसी लघुवित्तले भने ८ प्रतिशत नगद लाभांश दिएकाे छ।
हाइड्रोपावर समूहतर्फ सबैभन्दा बढी साहज ऊर्जाले २१ प्रतिशत बोनस १.११ प्रतिशत नगद लाभांश गरी २२.१ प्रतिशत लाभांश घोषणा गरेकाे छ । त्यस्तै मिड सोलु र सिक्लेस हाइड्रोपावरले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद लाभांश गरी १५.७९ प्रतिशत लाभांश दिएका छन् भने नेपाल हाइड्रो डेभलोपर र युनिभर्सल पावरले ९ प्रतिशत बोनस र ०.४७ प्रतिशत नगद लाभांश गरेर ९.७४ प्रतिशत लाभांश दिएका छन् त्यस्तै अरुण भ्यालीले ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद लाभांश गरी ८.४२ प्रतिशत तथा सुपरमादी हाइड्रोपावरले ५. प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद गरी ५.२६ प्रतिशत लाभांश दिएका छन् ।