सिँचाइतर्फ १९ वटा कार्यक्रमको ८ अर्ब ७२ करोड बजेट रोक्का

Nov 24, 2025 01:01 PM merolagani



सरकारले सिँचाइतर्फका १९ वटा बजेट शिर्षकहरुमा ८ अर्ब ७२ करोड रुपैयाँ रकम रोक्का गरेको छ । 

यसअघि अर्थ मन्त्रालयले खुद्रे कार्यक्रम कटौती गर्ने निर्णय गरेसँगै सिँचाइका ती कार्यक्रमको बजेट रोक्का गरिएको हो ।

सोमबार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा जलस्रोत तथा सिँचाइतर्फका सचिव सरिता दुवाडीले बताइन् ।

‘मन्त्रालयको कुल बजेटमध्ये १९ वटा बजेट शिर्षकहरुमा गरेर ८ अर्ब ७२ करोड रुपैयाँ रोक्का छ,’ उनले भनिन्। त्यस्तै, कुल २५ लाख ३७ हजार हेक्टर सिँचाइयोग्य जमिनमध्ये हालसम्म १५ लाख ८६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको बताइन् ।

चालू आर्थिक वर्ष २०८२/०८३ मा थप १४ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिए पनि बजेट कटौतीका कारण लक्ष्यमा केही संशोधन गर्नुपर्ने अवस्था रहेको उनले बताइन् ।