बस सेवाले घोषणा गरेको अभियानअन्तर्गत २९ भदौदेखि १४ कार्तिकसम्म टिकट काट्नेमध्येबाट गोलाप्रथा गरी ३० जनालाई १० ग्रामका दरले चाँदीको बिस्कुट प्रदान गरेको हो ।

बस सेवाले गत शुक्रबार आफ्नो फेजबुक पेजमार्फत लाइभ ‘लक्की ड्र’ गर्दै बिजेता घोषणा गरेको थियो । बस सेवाका डेनिसविक्रम थापाका अनुसार ‘लक्की ड्र’ बस सेवाको फेसबुक पेज र टिकटकमार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो । बिजेताहरूको टिकट नम्बर बस सेवाको फेसबुक पेजमा समेत हेर्न सकिन्छ ।
यस्तै, घोषण गरिएअनुसार यस अवधिमा बस सेवामार्फत टिकट काट्नेमध्ये एक जनालाई भिभोको स्मार्ट फोन र एकजनाले कलाकार दीपकराज गिरीसँग डिनर गर्ने अवसर समेत पाएका छ्न् ।
नेपालमा यात्रा बुकिङको लागि बस सेवा लोकप्रिय प्लेटफर्म हो । बस, हवाइ उडान वा होटल रुम—सबै एउटै एपबाट सजिलै बुक गर्न सकिन्छ। ग्राहक सहयोग पनि राम्रो छ । हरेक दिन राति १० बजेसम्म सहायता उपलब्ध हुन्छ। सबै सेवामा क्यासब्याक र प्रोमो कोडजस्ता अफरहरू पनि पाइन्छन्।