सन्दीप लामिछानेको घातक बलिङमा जनकपुरमाथि विराटनगरको सनसनीपूर्ण जित

Nov 24, 2025 03:38 PM mero lagani



कप्तान सन्दीप लामिछानेले घातक बलिङ गरेपछि सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपिएल) विराटनगर किंग्सले साबिक विजेता जनकपुर बोल्ट्समाथि ९ रनको सनसनीपूर्ण जित निकालेको छ । 

विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।

जनकपुरको लागि निकोल लोफ्टी इन्टोनले सर्वाधिक ४१ रन बनाए । त्यस्तै लाहिरु मिलान्था २३, आसिफ शेख १३, कप्तान अनिलकुमार शाह ४, सन्जय कृष्णमुर्ति २० र मायन यादव ४ रन बनाए ।

कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ११ खर्चेर  ४ विकेट लिएपछि विराटनगरले जीत हासिल गरेको हो । बिराटनगरका सूर्य तामाङले २, मार्चेन डि लिंगेले र शिभम रन्जनेले एक, एक विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनाएको थियो । विराटनगरका लागि शिवम रन्जानेले सर्वाधिक ३७ रन, बसिर अहमद ३६, ओपनर लोकेश बम २८, जर्ज मुन्से १०, गप्टिल मार्टिन १३ र नारायण जोशीले २ रन बनाए ।

बलिङ जनकपुरका संगित कुरे र रुपेश सिंह २,२ र आदित्य मेहताले एक विकेट लिए ।