लक्ष्मी ई–मोबिलिटीद्वारा पोखरामा केईर फोर्थिङ शो–रुमको उद्घाटन

Nov 24, 2025 09:00 PM mero lagani



नेपालमा केईर फोर्थिङ इलेक्ट्रिक सवारी साधनको अधिकृत वितरक लक्ष्मी ई–मोबिलिटीले केईर फोर्थिङ इभी शो–रुमको उद्घाटन गरेको छ । नयाँ शो–रुम मंसिर ८ गते, सोमबार, पोखराको बुद्धचोकमा औपचारिकरूपमा सञ्चालनमा आएको हो ।

याेसँगै यी ब्राण्डहरूले पश्चिम क्षेत्रमै आफ्नो उपस्थितिलाई विस्तार गर्दै आधुनिक, दिगो र भविष्यमुखी इलेक्ट्रिक सवारी साधनहरूलाई ग्राहकहरूसम्म अझ नजिक बनाएको कम्पनीले बताएको छ ।

उद्घाटन समारोहको अवसरमा, कम्पनीले विशेष Grand Opening Offer सार्वजनिक गरेको छ, जसअन्तर्गत आकर्षक नगद सुविधा, विशेष बोस इलेक्ट्रोनिक अप्लायन्सेस, एक वर्षको निःशुल्क अटोप्लस बीमा तथा रोड–ट्याक्स प्याकेज, साथै प्रत्येक बुकिङका लागि एकरातको आकर्षक स्टे–प्याकेज समावेश छन् । नयाँ शो–रुमले पोखराका इभी प्रेमीहरूलाई उच्च स्तरीय खरिद अनुभव दिने लक्ष्य राखेको कम्पनीले बताएको छ । साथै दिगो र वातावरण मैत्री गतिशीलता प्रति कम्पनीको प्रतिबद्धता सुदृढ बनाउँछ।

दिगो यातायात प्रवर्द्धन गर्ने उद्देश्यले, लक्ष्मी ग्रुपले देशभर RE-Lax Recharge Network मार्फत ६३ भन्दा बढी चार्जिङ र रिपेयर स्टेशनको सञ्जाल विस्तार गरिसकेको छ, जसले ग्राहकलाई सहज इभी चार्जिङ तथा सेवा सुविधा उपलब्ध गराउँदै इभी पूर्वाधारलाई अझ सुदृढ बनाएको छ।