सुदूरपश्चिम रोएल्सद्धारा कर्णाली याक्स ४५ रनले पराजित

Nov 24, 2025 08:44 PM mero lagani



कर्णाली याक्सलाई पराजित गर्दै सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लगातार तेस्रो जित हात पारेको छ ।

सुदुरपश्चिमले कर्णालीलाई ४५ रनले पराजित गरेको हो । यो जीतसंगै सुदूरपश्चिम अङ्क‍तालिकाको शीर्षस्थानमा उक्लिएको छ भने कर्णाली ३ म्याचमा दोस्रो हार व्यहोर्दै अंकतालिकामा छैटौं स्थानमा पुगेको छ ।

कप्तान दीपेन्द्र सिंह ऐरीले ४ विकेट लिएपछि १४० रनको लक्ष्य पछ्याएको कर्णाली ५ बल बाँकी छँदै ९४ रनमा अलआउट भयो । कर्णालीका लागि पवन सर्रापले सर्वाधिक २७ र मार्क वाटले १७ रन बनाए । २९ रनमा ४ विकेट गुमाएको कर्णालीका लागि कप्तान सोमपाल कामी र पवन सर्राफले ३४ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए ।

तर लगातार विकेट जाँदा कर्णाली कमजोर देखियो । कर्णालीलाई अलआउट गर्न सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । हर्मीत सिंहले ४ ओभरमा १ मेडन राख्दै १९ रन मात्र खर्चेर २ विकेट लिए । अविनाश बोहराले पनि २ विकेट लिए । स्कट कुगेलेइनले  ४ ओभरमा ९ रन मात्र दिएर १ विकेट लिए । हेमन्त धामीले १ विकेट लिए ।