कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ताले हुन आउने १५ करोड रुपैयाँबराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो। उक्त शेयर निष्काशनका लागि नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सको तर्फबाट प्रबन्ध सञ्चालक रमेश कुमार भट्टराई तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठका बीच क्यापिटलकाे कार्यालय, नयाँ बानेश्वर, काठमाडौँमा मंसिर ८ गते द्विपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरिएको हो।
नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सको हाल अधिकृत पूँजी १०० करोड रुपैयाँ तथा जारी पूँजी ५० करोड रुपैयाँ रहेको छ। कम्पनीले स्थापनाको तेस्रो वर्षबाट लगातार ६ वर्ष खुद मुनाफा आर्जन गरिरहेको छ। गत वर्ष नगद लाभांश वितरण गरि यस वर्ष खुद मुनाफा जगेडा कोषमा सारेको र नेटवर्थ शेयरको अंकित मूल्य भन्दा बढी रहेको छ। कम्पनीको अध्यक्षमा पूर्व बैकर तथा वीमा प्राधिकरणका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाह छन्। सम्झौता समारोहमा कम्पनीका शेयरधनी विजय बहादुर शाह र कमल पन्थीको उपस्थिति रहेको थियो।