प्रि ओपन सेसन अपडेटः साढे ५ अंकभन्दा बढी बढ्यो नेप्से

Nov 26, 2025 10:53 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंकभन्दा बढी बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५.३२ अंक बढेर २६५५.९९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.७१ अंक बढेर २६६१.७० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.९२ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ६६ स्टकको १३० पटकको कारोबारमा १६ लाख ३२ हजार ९३९ रुपैयाँ ८० पैसाबराबरको ४ हजार ७६८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३४ स्टकको मूल्य बढेको छ भने २६ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।