यो जितसँगै सुदूरपश्चिमले चार खेलबाट ८ अंक जोड्दै अंक तालिकामा शिर्षस्थानमा कायम छ । उस्को प्लेअफ पुग्ने सम्भावना सबैभन्दा धेरै देखिएको छ ।

त्यतिमात्र होइन जारी सिजनमा सुदूरपश्चिको अपराजित यात्रा कायमै रहेको छ । एनपीएलको यो सिजनमा शत प्रतिशत जित निकाल्ने सुदूरपश्चिचम एक मात्र टिम बनेको छ । रोयल्सले यस अघि कर्णाली याक्स, पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजलाई हराएको थियो । ।
त्यस्तै आजको हारसंगै लुम्बिनीको यो तेस्रो हार हो । लुम्बिनीको भने चार खेलबाट मात्र २ अंक छ ।
त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले दिएको १४४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८ ओभर २ बलमा तीन विकेट गुमाउँदै १४५ रन बनायो । सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले नट आउट ६९ रन बनाए । त्यस्तै आरिफ शेखले ३९, क्रिस लिनले १७ र जोस ब्राउनले १ रन बनाए ।
बलिङतर्फ लुम्बिनीका लागि रुवेन ट्रम्पेमेन, तिलक भण्डारी र अभिषेश गौतमले एक, एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै १४३ रन बनाएको थियो ।
लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । त्यस्तै दिलिप नाथले ३१, ड्रेसी शर्ट र सुमित महर्जनले समान १८,१८ रन र गुल्बदिन नैबले ११ रन बनाए । बलिङतर्फ सुरपश्चिमका लागि अविनाश बोहरा र हर्मित सिंहले समान तीन, तीन विकेट लिए ।
त्यस्तै हेमन्त, धामी दुई विकेट लिँदा स्कट गुग्गलेइनले एक विकेट लिए ।