नेपाल सुनचाँदी व्यवसायी संघकाअनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात बिहीबार यस्तो सुन प्रतितोला २ लाख ४८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, यस दिन चाँदी प्रतितोला ६५ रुपैयाँले बढेको हो । शुक्रबारको बजारमा चाँदी तीन हजार ३४५ रुपैयाँमा खरिदबिक्री भएको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला तीन हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।
