हिमालयन एभरेष्ट इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल रि–इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रवर्द्धनमा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्डले नविकरणीय ऊर्जाको आवश्यकतालाई ध्यानमा दिएर उक्त सोलार परियोजनामा लगानी गर्ने सहमति गरेको हो ।
यो परियोजना मधेश प्रदेशको जनकपुरमा अवस्थिति १० मेगावाट अनग्रिड(प्रणालीमा जोडिएको) छ । यो परियोजनाको प्रवर्द्धक भने ऊर्जा डेभलपर्स हो । जसले नविकरणीय ऊर्जाकाका लागि सन् २०३० सम्ममा १ गिगावाट कार्बन–न्युट्रल ऊर्जा उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ ।
लगानी सम्झौतापछि नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फन्डका अध्यक्ष डा. मनिष थापाले ऊर्जा सन्तुलन बढाउन र ऊर्जा कमीलाई पूर्ति गर्न भरपर्दो विकल्पका रुपमा यो सम्झौता महत्वपूर्ण हुने बताएका छन् । उनले भने, ‘मिथिला सोलार परियोजनामा हाम्रो रणनीतिक लगानी हाम्रो फन्डको नेपालमा दिगो पूर्वाधार विकासलाई प्रोत्साहन गर्ने उद्देश्यसँग मेल खान्छ । सौर्य ऊर्जा नेपालको ऊर्जा सन्तुलन बढाउन, विेशष गरी हाम्रो प्रमुख जलविद्युत् क्षेत्रको पूरकको रुपमा महत्वपूर्ण छ ।’