कामना सेवा विकास बैंकका ग्राहकहरुलाई पारस अस्पतालमा ५० प्रतिशतसम्म छुट

Nov 28, 2025 03:21 PM Merolagani



कामना सेवा विकास बैंकले मोरङ, बिराटनगर स्थित पारस अस्पतालसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा – सुविधामा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण बैंकका कर्मचारी र ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट कोशी प्रदेश प्रमुख खिम लाल भुसाल र पारस अस्पतालका अध्यक्ष सफिउर रहमानले हस्ताक्षर गरेका हुन् ।