प्रभु बैंकका सीईओ अशाेक शेरचन पक्राउ

Nov 30, 2025 04:36 PM Merolagani



केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई पक्राउ गरेको छ ।

सीआईबीको टोलीले उनलाई आज पक्राउ गरेको हो । यस बारेमा थप विवरण आउन बाँकी छ ।

गत कात्तिक २२ मा सीआईबीले बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो ।

यसअघि ११ कात्तिकमा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई सीआईबीले पक्राउ गरेको थियो । उनी एमालेका पूर्वसांसद समेत हुन् ।

९८ करोड रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।