पूर्व चीनमा ५ हजार ५ सय ८० मिटर लामो केबलवे प्रयोगमा

Dec 01, 2025 11:55 AM merolagani



पूर्वी चीनको जियाङ्सी प्रान्तको नान्चाङ शहरको मेइलिङ रमणीय क्षेत्रमा आईतवारदेखि ५ हजार ५ सय ८० मिटर लामो नयाँ केबलवे सञ्चालनमा आएको छ ।

पर्यटकहरूले अब नान्चाङको मुटुबाट समुन्द्र सतहबाट ७६० मिटर उचाईमा रहेको शान्त तियानजिङ तालसम्म १७ मिनेटमा यात्रा गर्न सक्छन् । केबलवे केवल सवारी मात्र नभइ यो बहुउद्देश्यीय लिङ्क हो । जसले दर्शनीय स्थलहरू, सार्वजनिक यातायात र आपतकालीन उद्धार सेवाहरू प्रदान गर्दछ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।