Thu, Mar 12, 2026
चीन भूकम्प नेटवर्क केन्द्रका अनुसार उत्तरपश्चिम चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा भूकम्प गएको छ । किजिल्सु किर्गिज स्वायत्त प्रान्तको अक्की काउन्टीमा बिहीवार ६.० म्याग्निच्युडको भूकम्प गएको हो ।
केन्द्रबिन्दु ४१.१३ डिग्री उत्तरी अक्षांश र ७८.४० डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको थियो। भूकम्प १० किलोमिटरको गहिराइमा गएको जनाएको छ । भूकम्पबाट ठूलो क्षति नभएको बताइएको छ ।
नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।