२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु, २०३० सम्म १०० अर्ब अमेरिकी डलर द्विपक्षीय व्यापार पुग्ने लक्ष्य

Dec 05, 2025 03:28 PM merolagani



रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदराबाद हाउसमा शिष्टाचार भेटवार्ता भएको छ । यो २३ औँ भारत–रूस वार्षिक शिखर सम्मेलनको मुख्य द्विपक्षीय वार्ता हो ।

दुई देशबीच रक्षा, ऊर्जा, व्यापार, आणविक ऊर्जा र रणनीतिक प्रविधिमा थप सहकार्य तथा २०३० सम्म १०० अर्ब अमेरिकी डलर द्विपक्षीय व्यापार पुग्ने लक्ष्य मुख्य एजेण्डा रहेका बताइएको छ ।

भेटअघि प्रधानमन्त्री मोदीले फेरि भारत शान्तिको पक्षमा रहेको र युक्रेन युद्धको सन्दर्भमा आफ्नो सन्तुलित अडान स्पष्ट रहेको बताए। दुवै नेताबीच विशेष तथा विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने गरी दर्जनौँ सम्झौता भएका छन् ।