पूर्वबैंकर ज्ञानेन्द्र ढुंगानाले राष्ट्र बैंकका निर्देशनहरु अव्यवहारिक हुँदा निष्कृय कर्जा बढेको बताए। उनकाअनुसार कर्जा रिकभरि गर्न ऋणीलाई चिठी कट्ने गरिएको छ । नतिरे ३५ दिने कालोसूचीको सूचना निकाल्ने र लिलाम गर्ने गरिएको छ । तर त्यो लिलामी गर्न पनि सकस पर्ने गरेको छ ।
पूर्वबैंकर्स ढुंगानाले भने–‘राष्ट्र बैंकका निर्देशनहरु केही अव्यवहारिक भएका कारण हाम्रो आहिलेको एनपीए बढेजस्तो मलाइ लाग्छ । हामीले नेपाल बैर्कस संघबाट पनि धेरै अनुरोध गरेका हौँं । ९० दिन पुग्दा बित्तिकै २५ प्रतिशत राख्नुपर्ने, हामीसँग केही बाध्यता हुँदैन । ऋणीले साबा ब्याज नतिर्दा अहिले हामीले गर्ने भनेको चिठी काट्ने हो, तिरेन भने ३५ दिने सूचना निकाल्ने हो, फेरि नतिरे अर्को १५ दिन निकाल्ने हो । लिलाम गर्ने हो तर लिनसक्ने होइन । सक्ने भए एनवीए लिने हो विक्री हुँदैन । नसक्ने भए मुद्दा लड्ने हो । हामीले यतिमात्रै रिकभरि बुझेका छौं । अब विजनेश बुझेर अघि बढ्न जरुरी छ ।’

उनले विजनेस बुझेर अघि बढ्न जरुरी रहेको बताए । उनकाअनुसार किन बिजनेस फेल भयो त्यसतर्फ पनि ख्याल गरिनुपर्छ । बैंकको सानो सहयोगले प्रवाह गरिएको ऋणीको बिजनेस चलायमान हुन्छ भने त्यस्तोमा सपोर्ट गर्नुपर्छ ।
नेपाल राष्ट्र बैंकले यदी चलिरहेको बिजनेस छ भने डिफल्ड भयो भने फेरि चलायमान हुनसक्छ भने छोटो समयका लागि कर्जा दिनसक्ने व्यवस्था गर्नुपर्ने ढुंगानाले बताए ।
ढुंगानाकाअनुसार भूकम्प, कोभिडको बेला सबै ऋणीलाई १०/२० प्रतिशत कर्जा दिन राष्ट्र बैंकले भनेको थियो । त्यतिबेला एनपीए भएपनि थपिएर दिइएको थियो । त्यसैकरण एनपीए घटेको थियो । राष्ट्र बैंकले कर्जा दिन भन्दा निष्कृय कर्जा नहुने बैंक आफैँले दिदाँ एनपीए हुने त्यस्तो हुनुहुँदैन । एनपीएको परिभाषा र प्रोभिजनको व्यवस्थामा सुधार गरिनुपर्ने उनले बताए । सुधार नगरिए आजको अर्थतन्त्रको स्थीति हेर्दा खराब कर्जा बढेर जाने प्रशस्त सम्भावना रहेको उनको बुझाइ रहेको छ ।
उनकाअनुसार भुकम्पमा दिएका ऋणहरु अझै ऋणीले तिरेका छैनन्, कोभिडमा दिएका कर्जाहरु पनि बैंकहरुले उठाउन सकेको अवस्था छैन ।
ढुंगानाकाअनुसार मुलुकमा राजनीतिक अस्थीरता रहँदासम्म लगानी गर्न लगानीकर्ताहरु हिच्किचाउँछन् । अहिले लगानीकर्ताको मनोबल कमजोर भएको छ । यसलाई उठाउन जरुरी छ । छिट्टै चुनाव भएर मुलुकमा स्थायित्व हुन जरुरी रहेको समेत उनले बताए ।
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक देवकुमार ढकालले भने राष्ट्र बैंकले ल्याएका नीतिहरु बैंकहरुले सही रुपमा कार्यान्वयन नगर्दा पनि समस्या भइरहेको बताए। उनकाअनुसार पुनःकर्जाका सुविधाहरुलाई बैंकहरुले सही रुपमा प्रवाह गरिदिएनन् । सोही कारण कतिपय उद्योगी व्यापारीहरु अप्ठ्यारोमा परे र उनीहरु पलायन नै हुनुपर्ने स्थिति आयो ।
पूर्वकार्यकारी निर्देशक ढकालले भने–‘राष्ट्र बैंकका निर्देशनहरु जेजति रुपमा आएका छन्, बैंकहरुलाई पोजेटिभ हिसावले काम गर्नू भन्नेछन् । ग्राहकलाई धेरै सुविधा दिनुस् भनिएको छ । चलायमान हुनसक्ने सम्म बिजनेशलाई चलाउनुस्, र राष्ट्र बैंकले दिएका सुविधामार्फत ग्राहकलाई सन्तुष्ट पार्नुस् भनिएको हो । पुनकर्जा होस्, या अन्य थप कर्जाको सुविधा होस्, यी जम्मै कुराहरु आएको क्लाइन्टलाई सुविधा दिनुस् भनेर हो, उसलाई रिलाभल गर्न समय दिनुस् भन्नका लागि आएका विषयवस्तु हुन् । यति हुँदाहुँदै पनि बैंकरहरु यही सुविधा दिनपनि आनकानी गर्दा रहेछौँ ।’
ढकालकाअनुसार राष्ट्र बैंकले बैंकहरुलाई दिएका सुविधामार्फत ग्राहकलाई सन्तुष्टी पार्न चुकिरहेको बताए। उनकाअनुसार बैंकहरुले ओभर फाइन्नासिङ रोक्न चुकेका कारण पनि खराब कर्जा बढिरहेको छ । राष्ट्र बैंकले दिन भनेको अतिरिक्त लोनलाई बिजनेस रिकभरीमा लगाउन भनेपनि सोहीअनुसार लगाउन नसक्दा पनि समस्या भएको बताए । तत्कालिन अवस्थाको फाइदालाई लिएर आफ्नो ब्यालेन्स सिट सुधारमा बैंकहरु लाग्न नहुने उनको भनाइ छ । बैंकहरुले ऋणीलाई बारम्बार ताकेता गर्दा ऋणीहरु झन् प्रताडित बन्ने र बैंकरहरु गाउँ जान नसक्ने स्थीति समेत आउन सक्ने उनको भनाइ छ ।
पूर्वबैंकर पर्शुराम कुँवर क्षत्रीले नियमनमा चुक्दा पनि अहिलेको खराब कर्जा बढिरहेको बताए। उनकाअनुसार सही रुपमा कर्जाको नियमन भएका बैंकहरुको ब्यालेन्स सिट राम्रो छ । उनकाअनुसार बैंकहरुले धितोका आधारमा मात्रै ऋण दिनु हुँदैन ।
पूर्वबैंकर क्षेत्रीले भने–‘धितो लिनुपर्छ तर धितोकै आधारमा लोन दिनुहुँदैन । पाएसम्म लिनुहोस् तर सोचेरमात्रै लिनोस् ।’
क्षेत्रीकाअनुसार समग्र अर्थतन्त्र खस्कँदा व्यापार–व्यवसाय प्रभावित भएको छ र खराब कर्जा बढेको हो । अहिले व्यापार–व्यवसाय छैन । त्यसैले ग्राहकको कर्जा चुक्ता गर्ने क्षमता पनि कमजोर भएको छ ।
बजारमा देखिएको नकारात्मक मनोविज्ञानले पनि अहिलेको अवस्था सिर्जना गर्न भुमिका खेलेको जस्तो लाग्ने उनले बताए ।