बजारमा २६ सयको वरपर छ । यो विन्दुबाट उठ्नका लागि प्रयास गरेको छ । तर बजारमा लगानीकर्ताहरुको आत्मविश्वास खस्किएका कारण सूचकले गति लिन सकेको छैन । लगानीकर्ताहरुले माग गरेका नीतिगत सुधार भएका छन् । बैंकको ब्यादर घट्दो छ । तरलता प्रयाप्त छ । तर बजारमा त्यसको प्रभाव छैन । लगानीकर्ताहरु राजनीति स्थिरताको प्रखाइमा रहेका छन् । कहिलेकाही सरकार बजार प्रति सकारात्मक हुँदा लगानीकर्ता नकारात्मक हुने लगानीकर्ता एसपी चौलागाईँले बताए । तीनै चौलागाईँसँग सुधा देवकोटाले गरेको कुराकानीः
पछिल्ला कारोबार दिनमा बजार सामान्य सकारात्मक हुन थालेको छ । यो सकारात्मक कस्तो हो ?
हो, पछिल्ला कारोबार दिनमा बजार सामान्य रुपमा सकारात्मक हुन सुरु भएको छ । केही दिन अघि २६ सय भन्दा तल्लो विन्दुमा झरेको थियो । त्यसलाई हामीले फेक ब्रेक डाउन भनेर पनि बुझ्न सकिन्छ । बजारले गति लिनु पुर्व सामान्य रुपमा लगानीकर्ताहरुलाई सर्पोट क्षेत्रबाट फेक ब्रेक डाउन गराएर शेयर खोस्ने रणनीति अपनाइएको हुन्छ । हालैको २६ सय विन्दु तल झरेको थियो । त्यसपछि बजारले सामान्य गति लिन थालेको छ ।
यसरी बढ्दा साप्ताहित क्यान्डल सकारात्मक बनेको छ । अब एक दुई दिनको बढाइले मासिक क्यान्डलमा पनि राम्रो संकेत आउने छ । बजारले एउटा गति समाउन सक्नेमा सम्भावना छ । गतवर्षको तपाईसँगको कुरामा साइबेरियन चराको कुरा उल्लेख गरेको थिए । सोही सिजन फेरि सुरु भयो ।

जेनजीको आन्दोलन र राजनीतिक अवस्थालगायतका कुराहरुले साउन महिनादेखि निरन्तर घटेको छ । बजार बढ्न सकेको छैन । राजनीति अन्योलताले लगानीको वातावरण थिएन । अब बढ्नु पर्छ । यस पटक पनि बजारमा सिजन सुरु भएको छ ।
बजार सुधारका लागि लगानीकर्ताले पटकपटक उठाउँदै आएका मागहरु मध्ये अधिंकाश सम्बोधन भएका छन । नीतिगत सुधार भएतापनि बजार बढ्ने क्षमताको सुधार भएको छैन । मतलब ठूला लगानीकर्ताहरु लगानी गर्न तयार भएका छैनन । ठूला घरानाहरुको उद्योग व्यवसाय सुस्त छ । समग्र अर्थतन्त्र चलायमान भएपछि मात्रै बजारमा लगानी आउन सुरु हुनेछ ।
लगानीकर्ताहरु वर्षाैदेखि नीतिगत सुधार हुनुपर्ने माग गर्दै आए । तर सुधार भयो तर बजारले खासै प्रतिकृया जनाएन । किन ?
तपाईको यो प्रश्नले उखान सम्झना आयो । अहिले भएको नीतिगत सुधार ‘लगन पछिको पोते’ जस्तै हो । बजारमा पहिले नै आएको भए सकारात्मक प्रभाव पर्ने थियो होला ढिला आयो । तर नीतिगत सुधार भनेको दुरगामी हुन्छ । बजार धेरै स्मार्ट भईसकेको छ । सरकार सकारात्मक हुन्छ लगानीकर्ता नकारात्मक हुन थाल्छन् । लगानीकर्ताहरु के चाहेको हुन्छ भने भएका सबै नीति सहज हुनुपर्ने सोच्छ । शेयर बजार बढाउनका लागि केही उपाय लागेन भन्ने अवस्था हुनेगरी गलाउँछ । ठूला लगानीकर्ताले बजारमा पुर्ण रुपमा छोडेका हुन्छन । यो बजारमा पनि ठूला लगानीकर्ताको उपस्थिती छैन । दैनिक तीन अर्बको सानो तिनो आईपीओ बिक्री ब्रोकरको हिसाब मिलाउने कारोबार भएको छ । यो नीति भएन । यस्तो भएन भन्दा भन्दै बजारमा यस्तो ट्रनिर्ङ पोइट आएको हुन्छ । बजारले उत्साहजनक रुपमा गति निर्धारण गर्नेछ । गत वर्षको असार साउनमा एउटा सानो समाचारले एक महिना दिन भित्रै हजार अंक बढी बढ्यो । यस वर्षको असार साउनमा पनि बढयो । गत वर्षको पुस माघको सिजनमा सामान्य अंकको मात्रै वृद्धि भएको थियो । यसपटक राम्रो अंक सहित बढ्ने सम्भावना देखिएको छ ।
नीति सकारात्मक हुँदा लगानीकर्ता नकारात्मक छन् । किन यस्तो भएको छ ?
यो एक प्रकारको सांकेतिक दबाब पनि हो । लगानीकर्ताका सांकेतिक दबाबले अझ नीतिहरु सहज बन्ने वातावरण बनेको हुन्छ । पूँजी बजार सुधार कार्यदलको सुझाव कार्यान्वयनको सुरुमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सञ्चेजका कर्मचारीको आन्दोलनले असर गर्यो । केही सुझाव कार्यान्वयन भएका छन् केही हुने क्रममा रहेका छन् । त्यसैले पनि बजारमा त्यसको प्रतिकृया दिएको छैन ।
अर्को तर्फ बजारमा शेयर सप्लाई बढी छ । आईपीओ मार्फत बजारमा शेयर सप्लाई बढेको छ । आईपीओको पैसा बजारमा पुनः लगानी कम भएको छ । साथै संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण भएर अर्को आयोजनाको लागि पैसा निस्केको छ । बजारबाट पैसा निस्केको छ । तर बजारमा पैसा भित्रने वातावरण बनेको छैन् । चुनावको मिति नजिक आइसकेको छ । तर चुनावको तयारी छैन । लगानीकर्ता अन्योलमा भएर बजारमा सकारात्मक प्रभाव नपरेको हो ।
बजारमा आत्मविश्वास नभएको कुरा सुनिन्छ । नीतिले आत्मविश्वास दिनुपर्ने हो । ब्याजदर अझ घटेको छ । प्रणालीमा पैसा बढेको छ । के चुनावको तयारीमा भएको ढिलाईले आत्मविश्वास घटाएको हो ?
दोस्रो बजार संवेदशील हुन्छ । बजारमा आत्मविश्वास आउनका लागि नीतिगत सुधार र कारोबार रकम हो । त्यसैगरी राजनीतिक अवस्था अस्थिर छ । व्यापार व्यवसाय सुस्त छ । त्यसैले बजारमा लगानी आएको छैन ।
पूँजी बजार भनेको कुवा हो । कुवामा पानी रसायो भने सिचाई गर्न, खान, सरसफाई गर्न मिल्छ । कुवामा पानी रसाउन वरपरको व्यपार व्यवसाय सुस्ताएको अस्तब्यस्त छ भने बजारमा पैसा भित्रने हुँदैन । अरु क्षेत्रमा सुख्खा हुदाँ पानी रसाउनुको सट्टा भएको पानी पनि सोसिने र भएको पनि रित्तिने हुन्छ । अहिले भएको त्यस्तै हो । शेयर बजार तरल हुन्छ । घर व्यवहार टार्न गाह्रो भयो, शेयर बिक्री गरेर भएपनि गर्जो टार्नु पर्यो । जग्गा जमिनको कारोबार भएको छैन । ठूलो पैसा त्यसमै फसेको छ । त्यसै कारणले गर्दा बजारमा कारोबार रकम कम आएको हो ।
शेयर बजार कमाउ क्षेत्र हो भनिन्छ । तर धेरैले कमाएको भन्दा गुमाएको कुरा सुनिन्छ । बजारमा अहिले फूलटाईम लगानीकर्ता हुन सक्ने माहोल छ वा छैन ?
दोस्रो बजारलाई कसरी बुझिएको छ । लगानीकर्ताको क्षमतामा पनि फूलटाईम लगानीकर्ता हुन सक्ने नसक्ने योग्यता निर्धारण गरेको हुन्छ । बजारको अनुभवले मात्रै पनि हुँदैन । यसमा लगानीकर्ता स्वंयमको क्षमता हो । यहि बजारमा लामो अनुभव भएकाले पनि कमाउन सकेका छैनन । नयाँ लगानीकर्ताले कमाई गरेका छन । बजारमा लगानीकर्ताले कसरी विकास गर्न सक्छ । बजारको उतारचढाबसँग सामन्जस्य भएर लगानी गर्न सक्छ । बजार अनुसार चल्न सक्नेहरुले बजारबाट कमाई गरिरहेका छन्। बजारमा १० प्रतिशतले कमाउने र ९० प्रतिशतले गुमाउँछन । त्यसैले गुमाउनेहरुको कुरा चर्को सुनिन्छ । बजारको विषयमा पूर्णरुपमा स्किल नभएसम्म यो बजारमा फूलटाईम लगानीकर्ता हुन थोरै मुस्किल हुन्छ ।
बाँकी भिडियोमाः