३६ मध्ये ५ जना जति पोख्रेल पक्षका र अरु ओली पक्षका रहेको दावी एक एमाले नेताले गरे । प्रदिप ज्ञवालीको कारण ओली पक्षमा लागेकाहरु महाधिवेशनभर नै निराश देखिन्थे र उनीहरु मतदानबाट ज्ञवालीमाथि भएको अन्यायको जवाफ दिने बताइरहेको अवस्थामा उनी निकटकै नेता कार्यकर्ता मतदानमा सहभागि नहुनु अर्थपूर्ण भएको चर्चा एमालेवृतमा चलिरहेको छ । खासगरि काठमाडाैँमै रहेका र महाधिवेशनका अन्य कार्यक्रमहरुमा सहभागि रहेका ज्ञवाली पक्षका राजेन्द्र अर्याल, घनश्याम कोइराला, समिर नेपाललगायतले मतदानमा सहभागि नहुनुलाई अर्थपूर्णरुपमा लिइएको छ ।
‘बहिस्कार भन्दा अर्काे अर्थ लाग्ला, तर यो पार्टीभित्र अमुक व्यक्तिहरु सधैभरि हर्ताकर्ता भैरहने र इमान्दारहरुलाई पेल्नेहरुको विरुद्ध विद्रोह हो । जसरी महासचिव बनाइनु पर्नेमा आफूलाई उपाध्यक्षमा थन्काउने रणनीति विरुद्ध प्रदिप ज्ञवालीलेले मौन विद्रोह गर्नु भयो । हामीले पनि काठमाडाैँमा भएर रातीसम्म मतदानस्थलमा बसे पनि भोट बहिस्कार गरेर अर्काे विद्रोह गर्यौं । मतदान गर्नेहरुले पनि त्यस्तै गर्नु भएको छ’ मतदान नगर्ने मध्येका एक एमाले कार्यकर्ताले मेरो लगानीसंग भने ।
मतदान नगर्नेको नामावाली
केन्द्रीय कमिटीबाट
- मुकुन्द न्यौपाने
- बसन्त नेम्वाङ
- बालकृष्ण काउछामगर
- ब्रिजेश गुप्ता
- राजकुमार गुप्ता
- हरिबहादुर राजवंशी
अनुशासन आयोग
- कुमार नेपाल
- सरस्वती गौतम
- सतिलाल राजवंशी
- प्रदीप प्याकुरेल (सुशील) – उपस्थित भएको तर कार्ड नभएको
निर्वाचन आयोग
- समिर नेपाल
- रचना राजोपाध्याय
लेखा आयोग
- अशोक केसी
- विभाग
- घनश्याम कोइराला
- सन्जीव रोकाहा
- कृष्णमाया भुजेल– झापा
- लक्ष्मी यादव– बारा
- शत्रुधन प्रसाद सिंह– सिरहा
- राजेन्द्र प्रसाद यादव– पर्सा
- अंशु आनन्द– पर्सा
- मनोज कुमार गुप्ता– पर्सा
- विजय कापर– सप्तरी
- जितेन्द्र चौधरी– महोत्तरी
- सिर्जना नेपाली, प्रवास
- अशिम कोइराला, प्रवास
- दिनेश बास्तोला, प्रवास
- बालुका बेलबासे, प्रवास
- गिरिराज बेलबासे, प्रवास
- मिना पोखरेल, प्रवास
- राजेन्द्र अर्याल, गुल्मी
- तेजकुमार बिक
- पल्वराज भट्ट, कन्चनपुर
- तिलक रिजाल, दैलेख
- गोमा नेपाली, कालीकोट
- दानबहादुर बिक
- बब्लु शिवाकोटी
स्मरणरहोस् काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान झण्डै साढे २२ घण्टापछि बिहीबार बिहान करिब पौने ७ बजे सकिएको छ।
२ हजार २६३ महाधिवेशन प्रतिनिधि २ हजार २२७ ले मात्र मत खसालेको पार्टीको निर्वाचन आयोगले जानकारी दिएको छ । त्योअनुसार ३६ अनुपस्थित भए ।
८० वटा इलेक्ट्रोनिक मेसिनबाट मतदान गरिएको थियो । मतपरिणाम केही घण्टापछि आजै सार्वजनिक हुनेछ ।
यसपटक एमाले अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।